
कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको बर्दगोरिया गाउँपालिका– १ मा लाइटर, औषधि र खुर्सानी बोकेको ट्रकमा आगलागी भएको छ।
प्र ३–०३–००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीबाट ट्रकमा रहेका लाइटर, औषधि र खुर्सानी जलेको छ।
आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो । घोडाघोडी तथा लम्कीचुहा नगरपालिकाको दमकलको मद्दतले आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसअघि गत सोमबार कर्णाली पुलमाथि पनि लाइटर बोकेको ट्रकमा आगलागी भएको थियो। उक्त आगलागीबाट ट्रक र लाइटर जलेर नष्ट हुनुका साथै पुलमा समेत क्षति पुगेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह