
काठमाडौँ । देशको पहाडी भू-भागमा आज मौसम आंशिक बदली रहने छ । अन्य भू-भागमा भने मौसम सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा छ । आज दिउँसो र राति उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । राति देशभर आंशिक बदली रही मौसम मुख्यतया सफा रहने छ ।
महाशाखाका अनुसार आइतबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही भू-भागमा हिमपातको सम्भावना छ । सोमबार पनि केही ठाउँमा हिमपातको सम्भावना छ । मुलुकमा हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको मिश्रित आंशिक प्रभाव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह