
मुगु । मुगुमा बौद्ध शिक्षा पढाइ हुने भएको छ । जिल्लाको पूर्वी भेगमा रहेको मुगुम कार्मारोंग गाउँपालिका–३ चेजाङ्पुकमा बौद्ध शिक्षा पढाइ हुने भएको हो।
निजी लगानीमा निर्माण भएको ओर्गेन डोढुल लिङ गुम्बामा आधारभूत तहसम्मको बौद्ध शिक्षा पढाइ हुने भएको हो । बौद्ध शिक्षा पढ्नका लागि मुगुम कार्मारोंगका लामा समुदायका ५० देखि एक सय जनासम्म बालबालिका बर्सेनि काठमाडौँ र भारत जाने गर्दछन् ।
रिम्पोचे हिस्से साम्फो र उहाँकी धर्मपत्नी रिम्पोचे खाण्डो पेमा छोइडेलको आर्थिक सहयोगमा ओर्गेन डोढुल लिङ गुम्बा निर्माण भएको हो । त्यही गुम्बामा पूजाआजा र बौद्ध शिक्षा पढाइ हुने गुम्बाका अध्यक्ष खेम्बो कार्मा राप्केले बताउनुभयो । नयाँ गुम्बाको निर्माण पूरा भएपछि छोङ्ढुप पूजासहित विधिवत रूपमा गुम्वा उद्घाटन भइसकेको छ । गुम्बा निर्माण भएपछि बौद्ध शिक्षा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ ।
‘हाम्रै ठाउँबाट बौद्ध पढाइ हुने भएकामा हामी खुशी छौँ । अब काठमाडौँ, भारत जानुपर्ने बाध्यता रहेन’ वडा नम्बर ४ कार्तिक गाउँका दाक्पा तामाङले भन्नुभयो– ‘हाम्रा लागि धेरै सहज भयो देवता, लामाको पूजाआजा र प्रार्थना गर्न सहज भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह