
सिन्धुली । सुनकोशी गाउँपालिकामा बम बिस्फोट भएको छ । गाउँपालिकाको वडा नम्बर १ दुम्जा डाँडास्थित नेपाल टेलिकम (एनटिसी)को टावर परिसरमा शुक्रबार बिहान कुकर बम बिस्फोट भएको हो ।
शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिस्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको छ । टेलिकमको टावरमा भने क्षति नभएको सिन्धुलीका प्रहरी प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनु भएको छ ।
डिएसपी दाहालका अनुसार बम बिस्फोट भएको ठाउँमा कुकरको भाग भुईंमा रहेको, त्यस नजिकै पेट्रोलको गन्ध आउने दुईवटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा फेला परेको छ । बिस्फोटबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह