
काठमाडौँ । सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाइने भएको छ ।
सुन तस्करी सम्बन्धी छानविन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ। गृह मन्त्रालय उच्च स्रोतका अनुसार, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अनुसार कारबाही थाल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले नै आयोगको सिफारिस अनुसार कारबाही थाल्न नर्दिेशन दिएपछि महरालाई मुद्दा चलाउने निश्चित भएको हो ।
भेपमार्फत भएको सुन तस्करी प्रकरणमा आयोगले महरालाई बयान समेत लिएको थियो । त्यही प्रकरणमा पूर्वसभामुख महराका छोरा राहुल पुर्पक्षका लागि थुनामा छन् । आयोगको सिफारिस र प्रधानमन्त्रीको निर्देशनपछि पूर्वसभामुख महरामाथि कारबाही प्रकृया थाल्ने बाटो सहज भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह