
इलाम । इलाम नगरपालिका–६ र ८ स्थित सिंह सिद्धदेवी तथा देवी पञ्चालन मन्दिर सिङफिरिङमा आजदेखि ‘इलाम धार्मिक महोत्सव’ हुँदैछ। अठार पुराण समापन तथा इलाम धार्मिक महोत्सवका लागि विभिन्न धर्मगुरुहरू यहाँ आइपुग्नुभएको छ ।
धार्मिक पर्यटनमा जोड दिन जिल्लालाई बहुधार्मिकस्थलका रूपमा विकास गर्नका लागि आयोजना गरिएको इलाम धार्मिक महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । बहुधर्मको विकासका लागि धार्मिक महोत्सव गर्न लागिएको आयोजक १८ पुराण मूल आयोजक समितिका संयोजक सन्दीपकुमार बुढाथोकीले बताउनुभयो ।
बैदिक सनातन धर्मको साझास्थलका रूपमा इलामलाई विकास गर्न जिल्लाका विभिन्न शक्तिपीठमा १७ पुराण सम्पन्न भइसकेपछि १८ पुराणको तयारी गरिएको हो । धार्मिक सहिष्णुता, मानव एकता एवं विश्व शान्तिको सन्देशसहित धार्मिक महोत्सव गर्न लागिएको हो । महोत्सवमा भावगत मञ्जरी राधिका दासी, वौद्ध धर्मगुरु खेन रेम्पोछे फुर्तेम्बा शेर्पा, किरात धर्मगुरु महिङ्गुम अङ्सीमाङ आत्मानन्द लिङ्देन र जगदगुरु श्रवालसन्त मोहन शरणदेवचार्य महाराजश्रीको उपस्थिति रहने छ ।
महोत्सव समापन तथा १८ पुराण समापनका लागि एक हजार ९३ जनाको मूल आयोजक समिति गठन गरिएको आयोजक समितिका सचिव रविन रायले जानकारी दिनुभयो । अठार पुराणका लागि १८ वटै मण्डप निर्माण गरिएका छन् । अठार पुराण समापन र इलाम धार्मिक महोत्सवबाट बचेको रकमले बहुधार्मिक सङ्ग्राहलय निर्माण गरिने उहाँले बताउनुभयो । महोत्सव चैत ९ गतेसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह