
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका माछामासु, तरकारी तथा फलफुल व्यवसायलाई १५ दिनभित्र दर्ता गर्न अल्टिमेटम दिएको छ । महानगरपालिकाले बुधबार सूचना जारी गर्दै महानगरभित्र सञ्चालनमा रहेका तरकारी, फलफूल बजार, नर्सरी, कोल्ड स्टोर र मासु तथा माछाजन्य उद्योग व्यवसाय दर्ता हुन भनेको हो ।
‘महानगरपालिकामा व्यवसाय दर्ता गरेर कृषि तथा पशुपन्छी विभागमा सूचीकृत नभएमा कारबाही हुनेछ,’ सूचनामा भनिएको छ । कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले महानगरभित्र रहेको सबैखाले व्यवसायहरुलाई करको दायरामा ल्याउन तथा नियमन गर्नका लागि सूचीकृत गराउन लागेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह