
कञ्चनपुर । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षकेपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्ने बताउनुभएको छ ।
दोधारा चाँदनी नगरपालिका–६ नम्बर वडा कार्यालय भवन आज उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दल एक ठाउँमा हुनुपर्ने बताउनुभएको हो । ‘सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ’ उहाँले भन्नुभयो – ‘विकास निर्माणका काम अगाडि बढाउन देशमा सबैले शान्ति उपभोग गर्न सबै मिल्न जरुरी छ ।’
अध्यक्ष ओलीले नवनिर्मित वडा कार्यालय भवनबाट जनताले सहजरूपमा सेवा पाउनुपर्ने बताउनुभयो । ‘यस वडा कार्यालयबाट यहाँका जनताले सेवा सुविधा र विभिन्न सहयोग प्राप्त गर्नेछन् भन्ने मलाई विश्वास छ’ उहाँले भन्नुभयो– ‘यहाँका जनताका समस्या समाधानका लागि म पहल गर्छु ।’
कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बूले दोधारा चाँदनीका जनताका समस्या समाधानका लागि पहल गरिदिन अध्यक्ष ओलीसँग आग्रह गर्नुभयो । ‘यहाँ महाकाली नदी कटानको समस्या छ, विकास निमार्णका काम अगाडि बढाउन शुक्लाफाँटा निकुञ्जबाट बाधा पुग्छ’ उहाँले भन्नुभयो– ‘दोधारा चाँदनी सुक्खा बन्दरगाह यथाशीघ्र अगाडि बढाइदिन आग्रह गर्छु ।’
आजै अध्यक्ष ओलीले महाकाली नदीमा निर्मित चार लेनको पक्की पुल र दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहको स्थलगत अवलोकन गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह