
काठमाडौँ । बालिकालाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जना खाजा घरका सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–५ शिवचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजाघरका सञ्चालक उदयपुर बेलका नगरपालिका–५ ठेगाना भएका ३८ वर्षीय हिरन राई रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार खाजाघरमा बालिकालाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न राईलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
उक्त स्थानबाट नाबालिकासहित दुई जनालाई प्रहरीले उद्धारसमेत गरेको र पक्राउ परेका राईउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप अनुमति लिइएको प्रवक्ता ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त विषयमा थप आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तको समेत प्रहरीले खोजी गरिरहेको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह