
भोजपुर । उदयपुरको मैनमैनीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको को १ ज २५९३ नम्बरको जीप बिहीबार मैनमैनीमा दुर्घटना भएको हो ।
दुर्घटनामा ६ जनाको मृत्यु भएको र अन्य आठजना घाइते भएको प्रहरीले जनाएको छ । जीपमा १४ जना सवार रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पठाइएकाले बिस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।
जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धारकार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुदीपराज पाठकले बताउनुभयो । स्थानीयका अनुसार जीप सडकबाट करिब आठ सय मिटर तल खसेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह