
झापा । मेचीनगर–१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा सोमबार बिहानदेखि लागेको आगो आज निभाइएको छ । उद्योगमा लागेको आगो आज अपराह्न निभाइएको होे । काठको विशाल घाटगद्दी भएको कारण आगो निभाउन ६० घण्टाभन्दा बढी समय लागेको उद्योगका सञ्चालक सन्तोष आचार्यले राससलाई बताउनुभयो ।
आगलागीबाट रु १५ करोडको भौतिक सम्पत्ति क्षति भएको उहाँले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट उद्योगको मुख्य ब्लक पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने भण्डारण गरिएको ठूलो मात्रामा काठको गोलिया र उत्पादित प्लाई खरानी भएको छ ।
नेपालकै ठूलो मानिएको उक्त प्लाइउड उद्योगमा एक हजार २०० मजदुर कार्यरत छन् । त्यहाँ उत्पादित सामान विदेशमा निर्यात हुने गरेको छ । आगलागीको खबर प्राप्त हुनेबित्तिकै १२ वटा दमकलले आगो निभाउने निरन्तर प्रयास गरिरहेका थिए । काठको गोलियामा दन्किएको आगो निभाउन कठिन भएको थियो । आगो निभाउन भारतबाट पनि दमकल मगाइएको थियो ।
झापा जिल्ला प्रहरी कार्यालयका प्रमुख मिलन केसीले आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरिएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह