
झापा । बिर्तामोडमा अलैँची ग्रेडिङ मेसिनको परीक्षण गरिएको छ । स्थानीयस्तरमा निर्माण गरिएको मेसिनको अलैँची व्यवसायी महासङ्घ कार्यालय परिसरमा आज परीक्षण गरिएको हो ।
स्वीस सरकारद्वार सञ्चालित सहज परियोजनाको सहयोगमा झापाको कमल गाउँपालिकास्थित कामक्ष एग्रो इञ्जिनियरिङले मेसिन निर्माण गरेको जनाइएको छ । एग्रोका सञ्चालक कृष्णप्रसाद अधिकारीले स्थानीयस्तरमा पाइने सामग्रीको प्रयोग गरेर मेसिन निर्माण गरिएको बताउनुभयो ।
मेसिन परीक्षणका क्रममा रहेकाले अझै परिमार्जित गरिने उहाँले बताउनुभयो । ‘स्थानीय सामानको प्रयोग गरेर मेसिन बनाएका हौँ’ उहाँले भन्नुभयो– ‘एउटा मेसिनको अधिकतम् मूल्य ५० हजार रुपैयाँ पर्दछ ।’
उत्पादनलाई प्रविधिसँग जोड्नका लागि मेसिन निर्माणमा सहयोग गरिएको सहज कार्यक्रमका प्रतिक देवकोटाले बताउनुभयो । ‘हामीले किसान र व्यवसायी दुवैलाई लक्षित गरेर सस्तोमा मेसिन बनाउने काम गरेका हौँ’ उहाँले भन्नुभयो– ‘यसले लागत घटाउनुका साथै काम गर्न सहज हुने विश्वास छ ।’
मेसिनको परीक्षण सफल भएपछि कम लागतमा अलैँची ग्रेडिङको काम हुने अलैँची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराईले बताउनुभयो । ‘अहिले हाते जालीबाट अलैँची ग्रेडिङको काम भइरहेको छ’ उहाँले भन्नुभयो– ‘मेसिनले लागत र समय बचत हुने विश्वास छ ।’
केही व्यवसायीले भारतबाट मेसिन खरिद गरेर ग्रेडिङ गरिरहेका भट्टराईले बताउनुभयो । ‘भारतबाट ल्याइने मेसिन महँगो पर्दछ । एउटाको करिब १० लाख पर्छ’ उहाँले भन्नुभयो– ‘अहिले परीक्षण गरिएको मेसिन ५० हजारमा पाइने भनिएको छ । यसले किसान र व्यवसायलाई सहज हुनेछ ।’
मेसिनबाट तीन प्रकारका अलैँची ग्रेडिङ हुन्छ । जम्बो जेट (जेजे), सुपर डिलक्स र चलनचल्तीको गरी तीन आकारका अलैँचीको दाना ग्रेडिङ हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह