
धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको गल्फ कोर्षमा ‘ड्राइभिङ रेन्ज र पार्किङस्थल’ निर्माण गरिएको छ ।
धरान गल्फ क्लब र नेपाली सेनाको काली शक्ति इन्जिनियरिङ गणको सहकार्यमा निर्माण गरिएको ड्राइभिङ रेन्ज र पार्किङको बुधवार नेपाली सेनाको पूर्वी पृतनापति उपरथी डा. आश बहादुर तामाङले उद्घाटन गर्नुभयो । नेपाली सेनालाई जनतासँग जोड्ने नीति अनुरुप ड्राइभिङ रेन्ज र पार्किङ निर्माण गरिएको बताउँदै पृतनापति डा तामाङले भन्नुभयो– ‘शारीरिक तथा मानसिक तनाव कम गर्नका लागि पनि खेलकुदमा लाग्नुपर्छ ।’
उहाँले आगामी दिनमा पनि खेलकुद क्षेत्रमा यसरी नै नेपाली सेनाले सहयोग र सहकार्य गर्ने बताउँदै ड्राइभिङ सीप पनि प्रस्तुत गर्नु भएको थियो । गल्फ कोर्सभित्र आठ लेनको ड्राइभिङ रेन्ज, कार पार्किङ र स्टोरको निर्माण गरिएको क्लबका उपाध्यक्ष हरि राईले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह