
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन प्रतिनिधिसभाको ठूलो नेपाली कांग्रेसलाई समेत आग्रह गर्नुभएको छ ।
एमाले अध्यक्ष ओलीले बुधबार प्रतिनिधिसभामा बोल्दै कांग्रेसले गत वर्ष नमाग्दा समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएको स्मरण गराउँदै यस पटक चाँहिन किन समर्थन नगर्ने ? भन्ने प्रश्न गर्नुभयो ।
‘प्रधानमन्त्रीले नयाँ समीकरण बनाउनु पर्नका कारण बारे भनेका कुरा चित्तबुझ्दा छन् । म समर्थनबाट शुरु गर्छु’ उहाँले भन्नुभयो ‘पोहोर साल पनि यस्तै अवस्था थियो । नेपाली कांग्रेस भोट नै नमागिकन, हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ बेटरी हालेजस्तो थियो । समर्थन गरेको थियो । अहिले चाहिँ किन समर्थन नगर्ने ?’
एमाले अध्यक्ष ओलीले सरकारमा नरहेको अवस्थामा पनि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासमा मत दिन मिल्ने तर्क गर्नुभयो । ‘पोहोर पनि नेपाली कांग्रेस त्यतिबेला सरकारमा थिएन’ उहाँले भन्नुभयो – भित्रभित्रै के थियो थाहा छैन । ‘समर्थन गरेको थियो । अहिले पनि गर्दा हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह