
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लिखत कीर्ते गरी सवारी दर्ता किताबलगायतका कागजात तयार गरी लिखत कीर्ते गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–५ घर भई हाल चितवन भरतपुर महानगरपालिका–७ बस्ने २३ वर्षीय सविन राई र कास्की मादी गाउँपालिका–७ घर भई काठमाडौँ टोखा बस्ने ४८ वर्षीय सुरज मल्ल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “लिखत कीर्ते गरी सवारी दर्ता किताबलगायतका कागजात तयार गरी लिखत कीर्ते गरेको भन्ने सूचनाका आधारमा हाम्रो टोलीले मीनभवनबाट राई र मल्ललाई पक्राउ गरेको हो ।”
पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर पठाइएको र उनीहरुको साथबाट प्रहरीले सवारी दर्ता किताब तीन, मोबाइल दुई तथा नागरिकता प्रमाणपत्र बरामद गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह