
काठमाडौँ । पर्व बिदा विवादरहित बनाइने भएको छ । सरकारले हरेक वर्ष फागुन–चैत महिनामा वार्षिक क्यालेन्डर प्रकाशन गरेर सार्वजनिक बिदा व्यवस्थापन गर्दै आएको छ ।
फागुन २८ गते सोमबारका दिन ग्याल्पो ल्होसारका दिन सार्वजनिक बिदा दिएको जिज्ञासामा गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी वर्षको क्यालेन्डर सार्वजनिक हुनुअघि विवादरहित ढङ्गबाट समस्या सम्बोधन गर्ने पक्षमा सरकार रहेको र त्यसका लागि सहयोग गर्न सम्द्धव सबैसँग अनुरोध गर्नुभयो ।
बहुजातीय एवं बहुधार्मिक देश नेपालमा सबैको धर्म, संस्कृति र भावनालाई समेटेर अघि बढ्नुपर्ने दायित्व सरकारको रहेको उल्लेख गर्दै प्रवक्ता भट्टराईले भन्नुभयो– ‘एक वर्षअघि प्रकाशित क्यालेन्डर हामी सबैको घरघरमा झुन्डिएकै छ, कुनै धार्मिक पर्व विशेषको बिदाका दिन गल्ती भएको जानकारी प्राप्त भएको भए तत्क्षणमै सच्याउन सकिन्थ्यो, आगामी वर्षको बिदाको हकमा सम्बन्धित समुदायसँग छलफल गरेर मात्र क्यालेन्डर प्रकाशित गरिने छ ।
करिब एक महिनाअघि ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीसँग सम्बन्धित समुदायका प्रतिनिधिले यस विषयमा कुरा राख्दै पञ्चाङ्ग निर्णायक समितिमा सबै धर्म समुदायको प्रतिनिधित्व हुनुपर्ने भनी माग राख्नुभएको भन्ने जानकारी प्राप्त हुनासाथ केन्द्रमा गृह सचिवबाट सोधखोज हुँदा स्पष्ट एवं ठोस जवाफ नआएपछि क्यालेन्डरअनुसार बिदा दिएको उहाँले स्पष्ट पार्नुभयो ।
प्रवक्ता भट्टराईले यस वर्षको अनुभवबाट पाठ सिक्दै सम्बन्धित धार्मिक समुदायका प्रतिनिधिसँग समेत छलफल गरी आगामी वर्षको पर्व बिदा निर्धारण गरिने जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह