
कञ्चनपुर । बेलौरी नगरपालिकामा फोहर पानी प्रशोधनसहितको ढल निर्माण अगाडि बढाइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको १८ करोड रुपैयाँको लागतमा बेलौरी बजार क्षेत्रमा प्रशोधनसहितको ढल निर्माण शुरु गरिएको हो ।
बेलौरी बजारको ९ किलोमिटर क्षेत्रमा ढल निर्माण भइरहेको नगर प्रमुख पोतिलाल चौधरीले बताउनुभयो । ‘ढल निर्माणका लागि ड्रेन निर्माण भइरहेको छ, ढल निर्माणपछि त्यसमा पाइप राख्छौँ’ उहाँले भन्नुभयो– ‘ढलको पानी पाइपमार्फत प्रशोधन केन्द्रसम्म पुर्याउछौँ ।’ बजार क्षेत्रको प्रदूषित पानी मेसिनको सहायताले प्रशोधन गरिने उहाँले बताउनुभयो ।
प्रशोधन केन्द्र निर्माणका लागि एककठ्ठा जग्गा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । ढल निर्माणसँगै प्रशोधन केन्द्रमा मेसिन राख्ने काम भइरहेको उहाँको भनाइ छ । ‘ढलमै पाइप राखिने भएकाले पानी सिधैँ प्रशोधन केन्द्रमा पुग्छ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह