
काठमाडौँ । सङ्गीत साधक गणेश रसिक र मुन्धुमी कवि तथा सञ्चारकर्मी प्रदीप मेन्याङ्बो सम्मानित हुनुभएको छ ।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सोमबार आयोजना गरेको कार्यक्रममा उहाँहरुलाई नगदसहित सम्मान गरिएको हो । सङ्गीत साधक रसिकलाई ५० हजार राशिको प्रतिभा सम्मानबाट तथा मुन्धुमी कवि मेन्याङ्बोलाई एक लाख नगद राशिसहित पुरस्कृत गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ कवि बैरागी काइँलाले साहित्यक क्षेत्रमा दिइने प्रतिभा पुरस्कारले लेख्नका लागि सर्जकलाई थप ऊर्जा दिने बताउनुभयो । उहाँले पुरस्कृत भएका दुवैजनाको उन्नतिको कामना गर्दै समाजको यथार्थलाई साहित्यमार्फत उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ वाङ्मय तथा सङ्गीत साधक रसिकले पुरस्कार योग्य ठानेकामा नेपाली प्रतिभा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्नुभयो । मुन्धुमी कवि तथा सञ्चारकर्मी मेन्याङ्बोले पुरस्कारले आफूलाई थप प्रेरणा मिलेको र नयाँ ऊर्जाका साथ मुन्धुमी साहित्यका लागि आफू अझै लागिपर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह