काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालय काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको पार्टी महामन्त्री मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तर, रास्वपाले बझाङमा हुने उपनिर्वाचनमा भने भाग नलिने जानकारी दिएको छ ।
आगामी वैशाख १५ गते प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाअन्तगर्गत बझाङमा उपनिर्वाचन हुन लागेको हो । महामन्त्री ढकालका अनुसार आजको बैठकले पाँच निर्णय गरेको छ । पार्टीले केन्द्रीय अनुशासन आयोगमा सदस्य मनोनयन र केन्द्रीय जनसम्पर्क विभाग इश्रामुल्ला मियाको नेतृत्वमा गठन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
नेपालकैरन




















