
काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटमा समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बालुवाटारमा उहाँहरूबीच भएको छलफलमा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, प्रधानमन्त्रीले फागुन ३० गते प्रतिनिधि सभाबाट लिने तयारी गर्नुभएको विश्वासको मतको विषय र सरकारको न्यूनतम साझा कार्यक्रम लगायत विषयमा छलफल भएको छ ।
उहाँले भन्नुभयो, “राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन, पर्सी ३० गते प्रधानमन्त्रीलाई विश्वासको मत लिने विषय, सरकारको न्यूनतक साझा कार्यक्रम लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।” सत्ता गठबन्धन दलका नेताहरूबीच छलफल नियमित जारी रहने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह