
काठमाडौँ । निःशुल्क उपचारका लागि पशुपतिनाथ मन्दिर परिसरमा चैतको पहिलो साता महायज्ञ गरिने भएको छ ।
पैसाका कारण उपचार गर्न नसक्ने बिरामीलाई निःशुल्क उपचार गर्ने उद्देश्यसहित युथ फर नेशनको आयोजना तथा अन्य सङ्घ संस्थाको सहकार्यमा मन्दिर परिसरमा चैत १ गतेदेखि ७ गतेसम्म महायज्ञ आयोजना गर्न लागिएको हो ।
पाशुपत क्षेत्रमा सोमबार आयोजित अन्तरक्रियामा संयोजक डा निकोलस भुसालले महायज्ञमा चैतन्य कृष्ण महाराजद्वारा महायज्ञमा कथा वाचन गरिने जानकारी दिनुभएको छ । घर–घरमा ज्ञान, ध्यान र योग पुर्याइ युवालाई राष्ट्र निर्माणमा सक्षम बनाउने योजना रहेको महायज्ञ सहसंयोजक सरोजराज श्रेष्ठको भनाई छ ।
महायज्ञमा करिब एक लाख भक्तजन उपस्थित हुने आयोजकको अनुमान छ । महायज्ञ सफल पार्नका लागि विभिन्न समिति, उपसमिति गठन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह