
धनगढी । धनगढीमा छिमेकीको कुटपिटबाट युवकको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित धनगढी गाउँमा आइतबार राति छिमेकीको कुटपिटबाट ३५ वर्षीय महेश रानाको मृत्यु भएको प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभएको छ ।
प्रहरी निरीक्षक बमका अनुसार राना आइतबार राति छिमेकी मिनबहादुर चौधरीको घरमा गएको बेला उनीमाथि कुटपिट भएको हो । छिमेकीको कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना गलत्तै प्रहरी मिनबहादुर चौधरी दम्पतीसहितका ५ जनालाई पक्राउ गरेको छ मिनबहादुरकी पत्नी२९ वर्षीया पुनम चौधरी, छोरी र अरु २ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह