
काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वल्थलीस्थित धार्मिकस्थल लड्केश्वरमा आयोजित कोटीहोममा आज पूजा–अर्चना गर्नुभएको छ ।
दिउँसो तीर्थस्थल लड्केश्वर पुग्नुभएका पौडेलले कोटीहोमको फूलप्रसाद ग्रहण गरी आफ्ना सङ्क्षिप्त मन्तव्य व्यक्त गर्नुभएको छ । उहाँले यस पवित्र भूमिमा आयोजना गरिएको कोटीहोमबाट देश र जनताको कल्याण होस् भन्ने कामना गर्नुभयो । ‘यस्तो पुण्य र पवित्र कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ, यसबाट समाज, देश र जनताको कल्याण हुने विश्वास व्यक्त गर्दछु’ उहाँले भन्नुभयो ।
ओमकार फाउन्डेशनले कोटीहोम आयोजना गरेको हो । विश्वकै अग्लो एक सय आठ फिटको त्रिशूल निर्माण भएको उक्त क्षेत्रमा फागुन २ गतेदेखि आउँदो चैत २ गतेसम्म कोटीहोम आयोजना गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह