
काठमाडौँ । सरकारका प्राथमिकता तय गर्न सत्ता गठबन्धनले १० सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको छ।
आइतबार सत्तामा सहभागी पाँच दलबाट २-२ जना रहने गरी उक्त संयन्त्र बनाइएको हो। नेकपा (एकीकृत समाजवादी)बाट घनश्याम भूसाल र प्रमेश हमाल, नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, माओेवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल, जनता समाजवादीबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ सम्मिलित राजनीतिक संयन्त्र गठन गरिएको छ।
कार्यदलको पहिलो बैठक सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको छ। सरकारका कार्यलाई प्रभावकारी बनाउनका लागि प्राथमिकता विषयहरू समेटेर कार्यदलले प्रतिवेदन तयार गर्नेछ।
अघिल्लो पुस १० मा बनेको सरकारले तयार गरेको न्युनतम साझा कार्यक्रमहरू र हालको समयअनुसार परिमार्जित प्रतिवेदन तयार हुने संयन्त्रले जनाएको छ। संयन्त्रको अर्को बैठक मंगलबार बस्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह