
काठमाडौँ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गतेलाई तोकिएको छ । राष्ट्रियसभाको आइतबारको बैठकले अध्यक्ष चयनको लागि निर्वाचन मिति ताकेको हो ।
राष्ट्रियसभा नियमावली २०७५ को नियम ७ बमोजिम अध्यक्षका लागि २०८० फागुन २९ गते मङ्गलबारको मिति तोकिएको जानकारीसहित र यो निर्वाचन सम्बन्धी सूचना प्रकाशित गर्न संसद्का महासचिव पदमप्रसाद पाण्डेलाई आजको बैठकले निर्देशन दिएको छ ।
बैठकले राष्ट्रियसभाको फागुन १८ गतेको बैठकमा सांसद भुवनबहादुर सुनारले राष्ट्रियसभाको दोस्रो संशोधन नियमावली २०८० माथिको छलफलमा भाग लिने क्रममा प्रयोग भएको ‘स्यालको छाला ओढेको ब्वाँसो भन्ने कि के भन्ने जस्तै कम्युनिष्टका नाम बोकेको मानिसको चरित्र उदाङ्गो भयो’, भन्ने वाक्यांशप्रति सभाका सदस्य उदयबहादुर बोहराबाट नियमापत्ति भएको सन्दर्भमा त्यो वाक्याङ्श राष्ट्रियसभा नियमावली २०७५ को नियम २१ बमोजिम असान्दर्भिक देखिएको हुँदा संसदको रेकर्डबाट हटाउन निर्देशन दिएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित विधेयकका सिद्धान्त प्राथमिकतामाथि छलफल हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह