
चितवन । नेपाल औषधि व्यवसायी सङ्घले आयोजना गरेको ‘नवौँ फर्मा एक्स्पो २०२४’ ले यहाँको बजार चलायमान बनाएको छ ।
स्वदेशी तथा विदेशी प्रदर्शक र अवलोकनकर्ताले यहाँको पर्यटनसँगै आर्थिक चलायमान बनाएको हो । सङ्घका अध्यक्ष महेश प्रधानले एक्स्पोका लागि भरतपुरमा ३ हजार हाराहारी आयोजक र प्रदर्शक बाहिरी जिल्ला र विदेशबाट आएको बताउनुभयो ।
उहाँका अनुसार नेपालका सबै औषधि उद्योग, तिनका बजार प्रतिनिधि लगायत भरतपुरमा आएका छन् । यसैरी नौ देशका प्रदर्शक र कतिपय देशका अवलोकनकर्ता समेत यहाँ आएका छन् ।
सङ्घका उपाध्यक्ष एवं एक्स्पोका मिडिया संयोजक सन्तोष बरालका अनुसार एक्स्पोका कारण दुई हजार हाराहारी होटलका कोठा बुक भएका छन् । होटलमा मात्रै ३ हजारभन्दा बढीले ६ करोड हाराहारी खर्च गर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो– ‘एक्स्पोमा आउनेले एक्स्पो मात्रै हेर्दैन, यहाँका पर्यटकीय ठाउँको पनि भ्रमण गरेका छन्, खानपान र रमाइलोमा पनि खर्च भएको छ ।’
एक्स्पो सम्पन्न गर्न ३ करोड रुपैयाँ हाराहारी खर्च हुने बरालको अनुमान छ । यसका अतिरिक्त प्रदर्शकले आफ्नो स्टल साजसज्जालगायत अस्थायी कामका लागि पनि २ करोड हाराहारी खर्च गरेको उहाँको अनुमान छ ।
सङ्घका वरिष्ठ उपाध्यक्ष एवं एक्स्पो संयोजक प्रभात रुङ्गटा एक्स्पोले यहाँको पर्यटन क्षेत्रमा राम्रो प्रभाव पारेको बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘एक्स्पोको अवधिमा चितवनमा कोठा पाउनै मुस्किल थियो ।’ यहाँ आएका आयोजक, प्रदर्शक र अवलोकनकर्ताले चितवनका पर्यटकीय ठाउँकोसमेत अवलोकन गरेको भन्दै भरतपुर भ्रमण वर्षलाई यसले ठूलो सहयोग पुगेको रुङ्गटाको भनाई छ ।
फागुन २५ गतेदेखि सञ्चालन भइ आज समापन हुने एक्स्पोमा १ सय ६० स्टल राखिएका छन् । नेपाल, भारत, सिङ्गापुर, बङ्गलादेश, अमेरिका, जर्मन, चीन लगायत ९ देशले औषधि उत्पादनमा प्रयोग गर्ने मेसिन–उपकरण, प्रयोगशाला, कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल राखिएका छन् । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह