
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि वैशाखमा चयन गर्ने भएको छ ।
आसन्न १०औँ महाधिवेशनका लागि एकीकृत समाजवादी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने तयारी गरेको छ । पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश , जिल्ला लगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको नामावली समयसीमा अगावै सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभएको छ ।
सबै कमिटीले सम्बन्धित नेताले सङ्गठनमा गरेको योगदान तथा कार्यसम्पादनको मूल्याङ्कनका आधारमा प्रतिनिधिको सिफारिस गर्न र आफ्नो कार्यक्षेत्रका सदस्यलाई बैठक गरी यसको जानकारी गराउनुपर्ने प्रावधान तोकिएको छ । गत माघ २५ देखि आगामी चैत २५ गते (दुई महिना)सम्म महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको छ ।
यस अवधिमा पार्टी सदस्य व्यवस्थित तथा विस्तार, सङ्गठन निर्माण, भेला प्रशिक्षण, प्रकाशनसहित सम्पर्क मञ्चका सदस्य विस्तार, वितरण गर्न सदस्यता शुल्क, लेबीलाई व्यवस्थित गरिने छ । अभियान सफल बनाउन पार्टीले सबै कमिटीलाई पत्राचार गरेको जनाइएको छ ।
पार्टीले पार्टी सदस्यता विस्तार तथा सङ्गठन सुदृढीकरण गर्न तल्लो तहलाई निर्देशन दिइएको पार्टीले महाधिवेशनमा सहभागी हुन आउने सबै नेतालाई पार्टी सदस्यता नवीकरण गर्न चैत मसान्तसम्म समय तोकेको छ ।
पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजका लागि मातहातका ७ वटै प्रदेश सम्पर्क कमिटी, ७४ जिल्ला सम्पर्क मञ्चलाई सुझाव पठाउन निर्देशन दिएको छ । समाजवादीले जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णयसहित अहिले त्यसको तयारी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह