
जुम्ला । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले स्याउखेती गर्नु हुने भएको छ ।
पछिल्लो समय समाजवादी मोर्चाको संयोजक जिम्मेवारी समेत समालिरहनुभएका ‘विप्लव’ले जुम्लाको हिम गाउँपालिका–६ स्थित पाथरखोलामा सामूहिक रुपमा स्याउखेती गर्न लाग्नु भएको हो । विप्लव त्यसका लागि जुम्ला आइपुग्नुभएको छ ।
महासचिव विप्लवले सामूहिक स्याउखेतीका लागि विरुवा रोप्न कार्यक्रमको शुरुवातत गर्नुहुने त्यो पार्टीका केन्द्रीय सदस्य विर्खबहादुर शाहीले जानकारी दिनुभएको छ । पार्टीको निर्णयअनुसार सामूहिक च्याउखेती शुरु गर्न लागिएको जनाइएको छ ।
कूल २२ हजार क्षेत्रफलमा फैलिने सामूहिक स्याउखेतीका लागि १० हजार बिरुवा रोप्ने लक्ष्य पार्टीले लिएको छ । नेकपा जुम्लाले पहिलो चरणमा २ हजार बिरुवा रोप्ने छ । पार्टीले कृषि उत्पादनलाई प्रथामिकता दिने उद्देश्यले बनाएको योजनाअनुसार हिमा गाउँपालिमा सामूहिक स्याउखेती शुरु गरिएको महासचिव विप्लवले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह