
झापा । नारी दिवसको अवसर पारेर झापा कारागारका महिला कैदीबन्दीलाई ‘लायन्स क्लब अफ विर्तामोड लेडी’ले आज लत्ताकपडा वितरण गरेको छ ।
झापा कारागारमा रहेका ९१ महिला कैदीबन्दीलाई एक एक थान साडी, चोलो, कुर्था र सुरुवाल वितरण गरिएको हो । लायन्स क्लब अफ विर्तामोड लेडीकी अध्यक्ष नीरु उप्रेती ओली र विर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतराले लत्ताकपडा वितरण गरेको हो । त्यस अवसरमा उहाँहरूले बन्दी जीवन बिताइरहेका महिलालाई स्वरोजगारमूलक सीप र सकारात्मक सोचको विकास गर्न आग्रह गर्नुभयो ।
जीवनमा भएका सानो गल्ती वा परिबन्दले सुधारगृहमा पुग्नुपरेका दिदीबहिनीलाई पनि नारी दिवसको आभास होस् भनेर सहयोग गरिएको लेडी लायन्सकी अध्यक्ष ओलीले बताउनुभयो । झापा कारागारमा हाल ९१ महिला, एक हजार पाँच सय २२ पुरुष र दुई बालबालिका कैदीबन्दी रहेका छन् ।
महिला दर्शकलाई प्रवेश निःशुल्क
यसैबीच झापाको विर्तामोडमा जारी झापा गोल्डकप फुटबल प्रतियोगितामा आज महिला दर्शकलाई प्रवेश निःशुल्क गरिएको छ । गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतका अनुसार अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला दर्शकलाई टिकट निःशुल्क गरिएको हो । प्रतियोगितामा २ सय र ३ सय प्रवेश शुल्क निर्धारण गरिएको थियो ।
दृष्टिविहीनसँग अन्तरक्रिया
महिला जनचेतना केन्द्र झापाले नारी दिवसका अवसरमा आज काँकडभिट्टामा दृष्टिविहीन महिलासँग अन्तरक्रिया कार्यक्रम गरेको छ । केन्द्रकी अध्यक्ष राधा प्रधानले दृष्टिविहीन महिलाले जीविका, आवतजावत र राज्यको सुविधामा सकस भोग्नुपरिरहेको हुँदा यस विषयमा सरकारको ध्यानाकर्षण होस् भनेर कार्यक्रम गरिएको बताउनुभयो ।
त्यस अवसरमा मेचीनगर क्षेत्रका ६ दृष्टिविहीन महिलाले आफूले भोगिरहेका समस्या सुनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह