
काठमाडौँ । सत्ता समीकरणको निर्णायक दल नेकपा एमालेले अरु दललाई पनि सरकारमा आउन आग्रह गरेको छ । एमालेको शुक्रबार बिहान बसेको सचिवालय बैठकले पाँच दल सम्मिलित वर्तमान सरकारलाई साथ दिन अन्य दललाई पनि आग्रह गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको वर्तमान सरकारमा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) सहभागी छ । एमालेले राजनीतिप्रति अहिले उत्पन्न भइरहेको बितृष्णा चिर्न अरु दललाई पनि सरकारमा ल्याउन प्रयत्न गर्ने भएको छ ।
एमाले महासचिव शंकर पोखरेलले बैठकपछि जनताका निराशालाई आशामा बदल्नुपर्ने र मुलुकको हित र स्वाधिनताको रक्षा गर्नुपर्ने भएकाले वर्तमान सरकारलाई साथ र समर्थनका लागि अरु दललाई अनुरोध गरिने बताउनुभयो । ‘यो सत्ता सहकार्यले मुलुकको स्वाधिनता, विकास र समृद्धिको पक्षमा फलदायी हुने विश्वास राखेको छ’ उहाँले भन्नुभयो– त्यसकारण अन्य दलमा पनि यसमा सहकार्यको लागि आग्रह गर्ने निर्णय भएको छ ।’
सचिवालय बैठकले पार्टी स्थापनाको ७५ औं वर्षगाँठको अवसरमा वैशाख १० गते विशेष कार्यक्रम गर्ने निर्णय समेत भएको महासचिव पोखरेलले जानकारी गराउनुभयो । । वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद आयोजना तथा वैशाख १० गते स्थापना दिवस कार्यक्रम गरिने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह