
काठमाडौँ । बागमती प्रदेशको १३ जिल्लामा ११ लाख ४२ हजार तीन सय २७ भेडाबाख्रालाई पिपीआरविरुद्धको खोप लगाइएको छ ।
प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय हेटौँडाले पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि १६ गते फागुनदेखि २२ गतेसम्म सप्ताहव्यापी रुपमा खोप अभियान सञ्चालन गरी गरिएको थियो ।
मन्त्रालयका प्रवक्ता सुजन कँडेलका अनुसार मकवानपुर जिल्लामा एक लाख ९१ हजार नौ सय एक, चितवन जिल्लामा ८५ हजार १९, रामेछाप जिल्लामा एक लाख पाँच हजार चार सय, सिन्धुपाल्चोक जिल्लामा ७५ हजार सात सय आठ, दोलखा जिल्लामा ९० हजार चार सय ४७, काठमाडाँै जिल्लामा २२ हजार १४, ललितपुर जिल्लामा २४ हजार २५, भक्तपुर जिल्लामा नौ हजार एक सय ८५ तथा काभ्रे जिल्लामा एक लाख २७ हजार, नुवाकोट जिल्लामा ७४ हजार सात सय १९, रसुवा जिल्लामा १९ हजार आठ सय ३८ र धादिङ जिल्लामा एक लाख ६० हजार छ सय ३६, सिन्धुली जिल्लामा ५१ हजार दुई सय भेडाबाख्रामा पिपीआर रोग विरुद्ध खोप लगाइएको जनाइएको छ ।
प्रदेशभरिका १५ लाख ८४ हजार भेडाबाख्रामा खोप लगाइने मन्त्रालयको योजना छ । गत वर्ष मन्त्रालयले यही अभियानअन्र्तगत नौ लाख ७९ हजार एक सय ८७ भेडाबाख्रालाई पिपीआर विरुद्धको खोप लगाएको थियो । मन्त्रालयले खोप अभियान सञ्चालनका लागि खोप केन्द्रविन्दुबाट सम्बन्धित वडा कार्यालय तथा पशुसेवा कार्यालयमा जानकारी गराइ खोप लगाउने कार्य सुरु गरेको थियो ।
सप्ताहव्यापी खोप कार्यक्रमअन्र्तगत पिपीआरविरुद्ध १३ लाख ५० हजार वटा खोप उपलब्ध गराइएको थियो । पिपीआर भेडाबाख्रामा विषाणुको कारण हुने महामारी रोग हो । यो रोग लागेमा बाख्रा वा भेडामा ज्वरो आउने, झोक्राउने, मुख सुक्खा हुने, घाँसपात नखाने उग्राउन छाड्ने लक्षण देखापर्नुका साथै मृत्यु हुने गरेको छ । कचेरा लाग्ने, नाकबाट बाक्लो सिँघान बग्ने, गिजा र मुखभित्र घाउ देखिने तथा एकैपटक धेरै बिरामी हुने लक्षण देखिने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह