
भक्तपुर । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि मेलाको तयारी पूरा भएको छ ।
डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले आज महाशिवरात्रि पर्वको तयारीबारे सञ्चारकर्मीलाई जानकारी दिएको छ । त्यस अवसरमा महाशिवरात्रि पर्वमा डोलेश्वरमा साधु, सन्त तथा दर्शनार्थीका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइयो । महाविशरात्रि पर्वका लागि भारतका विभिन्न ठाउँबाट डोलेश्वरमा हालसम्म दुई सय ५० भन्दा बढी साधुसन्त आइपुगेका समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो । महाशिवरात्रिमा डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीलाई बिहान ४ बजेदेखि नै मन्दिरको चारवटै ढोकाबाट प्रवेश गराइ सहज रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि बिहान ४ बजेदेखि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुल्ला गरिने छन् । अरुदिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि शिवरात्रिका दिन भने दर्शनार्थीले भित्र प्रवेश गरी डोलेश्वरमा सहजै पूजाअर्चना गर्न पाउने छन् । यस वर्ष करिब ५० हजारभन्दा बढी दर्शनार्थी आउने अपेक्षा गरिएको समितिका महासचिव बस्नेतले जानकारी दिनुभयो । महाशिवरात्रि पर्वमा डोलेश्वर आएका साधुसन्तका लागि खाने, बस्न र धुनी जगाउने व्यवस्था गरिएको छ । साधुसन्त घर फर्कने बेलामा प्रत्येक साधुसन्तलाई एक थान कम्बल र यातायात खर्च ७ सय ५० रुपैयाँ प्रदान गरेर बिदाई गरिने उहाँले बताउनुभयो ।
दर्शनका लागि आएका सम्पूर्ण भक्तजनलाई निःशुल्क भोजन
व्यवस्था गरिएको छ । बागमती प्रदेशसभा सदस्य एवं स्थानीयवासी तथा समितिका पूर्व वरिष्ठ उपाध्यक्ष किरण थापाले धुनि जगाउन दाउराको व्यवस्था गरिएको छ । दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै भक्तपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालले स्वास्थ्य शिविरको व्यवस्था गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह