
काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ ।
प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १:१७ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । यसअघि फागुन २१ गते बोलाइएको बैठक सूचना टाँसेर स्थगन भएको थियो ।
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो ।
प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १:१७ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । यसअघि फागुन २१ गते बोलाइएको बैठक सूचना टाँसेर स्थगन भएको थियो ।
प्रतिनिधिसभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापतिले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहालले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी बैठकमा गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह