
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा मौजुदा मन्त्रिपरिषद्को विस्तार तथा कार्यविभाजन गर्नुभएको छ । नयाँ राजनीतिक समीकरण भएसँगै मन्त्रिपरिषद् विस्तार कार्यविभाजन भएको हो । मन्त्रिपरिषदमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी भएका छन् ।
चार दलीय गठबन्धनको ८ बुँदे सहमतिपत्रमा जनता समाजवादी पार्टीले हस्ताक्षर गरे पनि बिस्तारित मन्त्री परिषदमा सहभागी भइसकेको छैन । तर ८ बुँदे सहमतिमा हस्ताक्षर नगरेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) भने दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ ।
सत्ता समीकरण बदलिएपछि विस्तार भएको प्रचण्ड मन्त्रिपरिषद्मा ४ जना महिला मन्त्री बन्नुभएको छ ।
बुधबार २० सदस्यीय मन्त्रिपरिषद् विस्तार हुँदा तीन जना उपप्रधानमन्त्री बन्नुभएको छ । तीन उपप्रधानमन्त्रीमा एमालेका रघुवीर महासेठ पहिलो वरियतामा हुनुहुन्छ । त्यसपछिको वरियतामा नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलाई राखिएको छ । एमालेले उपप्रधानसहित ८ वटा मन्त्रालय पाएको छ । माओवादीले प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय राखेको छ । रास्वपाले उपप्रधान तथा गृहमन्त्रीसहित ४ मन्त्रालय लिँदा नेकपा (एस) ले भने दुई मन्त्रालय पाएको छ ।
माओवादी केन्द्रबाट
१ नारायणकाजी श्रेष्ठ : उपप्रधान तथा परराष्ट्र
२ वर्षमान पुन : अर्थ
३ शक्ति बस्नेत : ऊर्जा
४ रेखा शर्मा : सञ्चार तथा सूचना प्रविधि
५ हितबहादुर तामाङ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन
एमालेका ८ मन्त्री
१ रघुवीर महासेठ : उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात
२ पदम गिरी : कानुन, न्याय तथा संसदीय मामिला
३ राजेन्द्रकुमार राई : खानेपानी
४ हरिप्रसाद उप्रेती : रक्षा
५ बलराम अधिकारी : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
६ भगवती चौधरी : महिला बालबालिका तथा ज्येष्ठ नागरिक
७ दामोदर भण्डारी : उद्योग, वाणिज्य तथा आपूर्ति
८ ज्वालाकुमारी साह : कृषि तथा पशुपन्छी विकास
रास्वपाबाट चार मन्त्री
१ रवि लामिछाने : उपप्रधान तथा गृहमन्त्री
२ डोलप्रसाद अर्याल : श्रम रोजगार तथा सामाजिक सुरक्षा
३ विराजभक्त श्रेष्ठ : युवा तथा खेलकुद
४ सुमना श्रेष्ठ : शिक्षा, विज्ञान तथा प्रविधि
एकीकृत समाजवादी दुई मन्त्री
१ भानुभक्त जोशी: संघीय मामिला तथा सामान्य प्रशासन
२ धनबहादुर बुढा : सहरी विकास
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह