
काठमाडौँ । सुर्खेतको सिम्ता गाउँपालिका–५ आलीमा स्थापना गरेको भनिएको ‘हाइटेक’ नर्सरी निर्माणमा अनियमितता भएको भन्दै वन अधिकृतसहितविरुद्ध भ्रष्टाचार
मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नर्सरी निर्माणमा अनियमितता भएको भन्दै वन अधिकृतसहित त्यसमा संलग्नविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले दायर गरेको मुद्दामा उच्च प्रविधिको नर्सरी स्थापना गरी बाँझो तथा खाली जमिनमा वृक्षरोपण तथा जडीबुटी खेती विस्तार कार्यक्रममा रकम भुक्तानी भई निर्माण भएको उच्च प्रविधिको नर्सरी प्रयोगमा नै नआई ८४ लाख ८६ हजार रुपैयाँ बराबरको रकम हानिनोक्सानी गरेको दाबी गरिएको छ ।
डिभिजन वन कार्यालय, सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहाल, तत्कालीन सहायक वन अधिकृत टेकबहादुर रावल र तत्कालीन लेखापाल लक्ष्मीकुमारी थापा क्षेत्रीले सिम्ता उपभोक्ता समितिलाई भुक्तान गरेको ८४ लाख ८६ हजार रुपैयाँ असुलउपर गर्न र निजहरुमाथि भ्रष्टाचार निवारण ऐनबमोजिम कैद सजाय र बिगोबमोजिमको जरिवाना गर्न माग गरिएको अख्तियारले जनाएको छ ।
सिम्ता सव–डिभिजन वन कार्यालयका तत्कालीन रेञ्जर कमल चित्रकार र भोजप्रसाद उपाध्यायले सिम्ता उपभोक्ता समितिलाई ढुवानीबापतको रकम उपलब्ध गराउन सिफारिस गरेको भन्दै दुवैमाथि क्रमशः ७१ लाख ७७ हजार रुपैयाँ र ८ लाख ७१ हजार रुपैयाँ बिगो कायम गर्न माग दाबी गरिएको छ ।
सिम्ता ‘हाइटेक’ नर्सरी उपभोक्ता समितिका अध्यक्ष जगत महतरा, सचिव चन्द्रप्रकाश थापा र कोषाध्यक्ष मीना पोखरेल हमालले झुठा बिलहरु पेश गरी डिभिजन वन कार्यालय सुर्खेतबाट भुक्तानी लिएको भन्दै निजहरुबाट पनि ८४ लाख ८६ हजार रुपैयाँ असुल गरी कैद र जरिवाना गर्न आयोगले माग गरेको छ ।
सिम्ता नर्सरीका लागि फर्जी कागजात बनाई उपभोक्ता समितिबाट भुक्तानी लिएको भन्दै नाफ सिड्स प्रालिका सञ्चालक गौतम महर्जनविरुद्ध ७१ लाख ७७ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना गर्न आयोगले मागदाबी गरेको छ ।
उक्त नर्सरी निर्माणको कार्य नभए पनि सिफारिस गर्ने सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्रकुमार केसी र वडा नम्बर ५ का वडाध्यक्ष मोहनकुमार बिसीविरुद्ध पनि नर्सरी निर्माणमा मतियार बनेको भन्दै उनीहरुविरुद्ध ८४ लाख ८६ हजाररुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनबमोजिम सजाय हुनुपर्ने माग दाबी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह