
काठमाडौँ । नक्कली विदेशी मुद्रासहित पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पाकिस्तान कराँचीका स्थायी बासिन्दा ३४ वर्षीय शेरदाज खान एक हजार दरको १४ थान थाईभाटसहित पक्राउ परेका हुन ।
खानलाई एक हजार दरको १४ थान थाईभाटसहित काठमाडौँ महानगरपालिका–२६ ठमेल नरसिंह चोकबाट नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभएको छ । ‘ठमेलस्थित गरिमा विकास बैंकबाट नोट साट्ने क्रममा नक्कली नोट बोकेका उनलाई मङ्गलबार साँझ सादा पोशाकमा परिचालन भएका सुरक्षाकर्मीले पक्राउ गरेका हुन्’ प्रहरी प्रवक्ता ढकालले भन्नुभयो ।
प्रहरीले उनलाई बुधबार सार्वजनिक गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह