
चितवन । जनजातिको भाषा र संस्कृति प्रवर्द्धन गर्न चितवनमा महोत्सव गरिने भएको छ । चैत ९ देखि १८ गतेसम्म नारायणी नदी किनारमा ‘प्रथम आदिवासी जनजाति सास्कृतिक तथा व्यापार महोत्सव’ आयोजना गर्न लागिएको हो ।
आदिवासी जनजाति महासङ्घले आयोजना गर्न लागेको महोत्सवको तयारीबारे मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । आयोजकका अनुसार महोत्सवमा तीन सय कक्ष रहने छन् । भरतपुर भ्रमण वर्ष, २०२४ लाई लक्षित गर्दै महोत्सवको आयोजना गरिएको महासङ्घ चितवनका अध्यक्ष एवं मेलाका संयोजक महेन्द्र दुराले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो– ‘आदिवासी जनजातिको भाषा र संस्कृति संरक्षण गर्न महोत्सवको आयोजना गरिएको हो । यसबाट भरतपुर भ्रमण वर्र्षको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास छ ।’ महोत्सव अवधिभर दैनिकजसो सांस्कृतिक प्रदर्शनीको अवलोकन गर्न सकिने छ ।
त्यस अवसरमा चितवनमा ४० आदिवासी जनजाति समुदायको बसोबास रहेको जानकारी दिइएको छ । तीन लाख ३२ हजारभन्दा बढी आदिवासीको बसोबास रहेको चितवनमा पहिलोपटक आयोजना गर्न लागिएको महोत्सवले आदिवासी संस्कृतिको संरक्षणसँगै पहिचान दिने संयोजक दुराको भनाई छ ।
चितवनमा कूल जनसङ्ख्याको ४६ प्रतिशत आदिवासी जनजातिको बसोबास छ । चितवनमा थारु, दराई, कुमाल, तामाङ, बोटे, चेपाङ, मगर, गुरुङ, थकाली, नेवार, दुरा, राई, लिम्बू, भुजेल, ह्योल्मो, बरामलगायतका जनजाति छन् ।
सांस्कृतिक जागरणसँगै विभिन्न जातजाति, वर्ग र समुदायबीच सद्भाव एवं भ्रातृत्व अभिवृद्धिका लागि महोत्सवबाट मद्दत पुग्ने महासङ्घका सल्लाहाकार पदम गुरुङले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह