
काठमाडौँ । प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमाले लगायतका अरु दलसँग जोडिन पुगेपछि उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । कांग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिनुभएको छ । उपसभापति गुरुङले बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै गुरुङले भन्नुभयो ‘पुष्पकमल दाहाल प्रचण्डलाई हामीले दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।’
प्रधानमन्त्री दाहालले सोमबार एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसकासहित सबै दलका मन्त्रीहरुलाई बर्खास्त गरेर नयाँ मन्त्रिमण्डल बनाउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह