
कर्णाली । कर्णाली प्रदेश सरकारका ३ मन्त्रीले राजीनामा दिनुभएको छ ।
सत्ता समीकरण फेरिएपछि नेपाली कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएका वेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी र सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पदबाट राजीनामा दिनुभएको हो । उहाँहरुले मंगलबार मुख्यमन्त्री राजकुमार शर्मासमक्ष संयुक्त रुपमा राजीनामा बुझाउनुभएको छ ।
राजीनामा बुझाउनुअघि उहाँहरुले पत्रकार सम्मेलन गर्नुभएको थियो । सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री सिंहले मुलुको बदलिँदो राजनीति परिवेश र प्रदेश सरकार पुनःगठनमा सहज पुगोस् भन्ने उद्देश्यले राजीनामा दिइएको बताउनुभयो । ‘काम गर्ने चाहना थियो तर नयाँ परिस्थितिका कारण बाहिरिनु परेको छ’ उहाँले भन्नुभयो ।
त्यस अवसरमा उहाँहरुले आफ्नो १० महिना १५ दिने कार्यकालको उपलब्धि पनि सार्वजनिक गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह