
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पनि नयाँ गठबन्धनमा ल्याउने बताउनुभएको छ । एमाले अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फोन गरेर त्यस्तो जानकारी गराउनुभएको हो ।
एमाले अध्यक्ष ओलीले अस्वस्थताले केही दिनयता कोटेश्वर निवासमा आराम गरिरहनुभएका समाजवादी अध्यक्ष नेपाललाई आइतबार साँझ फोन गरेर स्वास्थ्य लाभको कामना गर्दै त्यस्तो प्रस्ताव राख्नुभएको हो । राजनीतिक दौडधुप र धपेडीले अस्वस्थ बन्नुभएका अध्यक्ष नेपाललाई भेट्न उहाँको निवास कोटेश्वरमा सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पुग्नुभएको थियो । प्रधानमन्त्री दाहाल अध्यक्ष नेपाललाई भेट्न जानुअघि ओलीले बालुवाटारबाटै उहाँलाई टेलिफोन गर्नुभएको हो ।
ओलीले अध्यक्ष नेपाललाई टेलिफोनबाट ‘स्वास्थ्यलाभको कामना छ । म बाहिर जानुपर्ने भएकाले तपाईंलाई भेट्न आउन सकिनँ । प्रधानमन्त्रीजी त्यहाँ आउँदै हुनुहुन्छ । तपाईंसँग प्रधानमन्त्रीले ल्याउनुहुने कुरा मेरो पनि हो, गठबन्धनमा तपाइँ पनि आउनुपर्छ’ भन्नुभएको त्यसबेला प्रधानमन्त्री निवासमै रहनुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी गराउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते