
चितवन । चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
गएराति भरतपुर महानगरपालिका–७ स्थित माछापुच्छ्रे चोक नजिकै ‘जेब्रा क्रसिङ’मा हिँडिरहेका बेला बालक पौडेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो । माडी नगरपालिका–८ बस्ने चालक विकास सार्कीलाई प्रहरीले सीताराम चोक पुगेपछि नियन्त्रणमा लिएको थियो । घटनामा बसमा सवार भरतपुर–७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले