
काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ महानगरपालिकाका प्रहरीले फुटपाथ व्यवसायीलाई कुटपिट गर्नुका साथै दुव्र्यवहार गरेको घटनाको अनुगमन गरेको छ ।
आयोगले महानगरका प्रहरीको कुटपिटबाट घाइते भएका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको, व्यवसायीको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएकोलगायत अनुगमनका क्रममा पाइएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बताउनुभयो । “व्यवसायीको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएकोलगायत सूचना अनुगमनका क्रममा आयोगलाई प्राप्त भएका छन्”, उहाँले भन्नुभयो ।
काठमाडौँ महानगर प्रहरीले सुन्धारा आसपासका सडकमा व्यापार व्यवसाय गरिरहेका फुटपाथ व्यवसायीमाथि यही फागुन १६ गते कुटपिट तथा बल प्रयोग गरेको र तत्पश्चात् काठमाडौँ महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा दुवैतर्फका ११ व्यक्ति घाइते भएका थिए । आयोगले उक्त घटनाको अध्ययन गरिरहेको जनाएको छ ।
घटनाको सत्यतथ्य विवरण एवं फुटपाथ व्यवसायीसँग यसअघि गरिएका सम्झौताको कार्यान्वयन अवस्थासहितको जानकारी उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई पत्राचार गर्नुका साथै फुटपाथ व्यवसायी र सरोकारवालासँग जानकारीसमेत लिएको आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले