
काठमाडौँ । नयाँ सत्ता गठबन्धनको फेरवदल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुग्नुभएको छ । प्रधानमन्त्री दाहालका साथमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि अध्यक्ष नेपालको निवास कोटेश्वर पुग्नुभएको थियो ।
कांग्रेससँगको सत्ता सहकार्य तोडेर नयाँ सत्तागठबन्धन बनेपछि प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन प्रयास शुरु गर्नभएको छ ।
परिवर्तित घटनाक्रमपछि एकीकृत समाजवादीको आज आकस्मिक रूपमा बसेको केन्द्रीय सचिवालयको बैठकले नयाँ राजनीतिक समीकरणका विषयमा तत्काल कुनै निर्णय नगर्ने निष्कर्ष निकालेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले