
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको नयाँ गठन्धनलाई पर्खेर हेर्ने भएको छ । एकीकृत समाजवादीको सोमबार आकस्मिक रुपमा बसेको केन्द्रीय सचिवालय बैठकले नयाँ गठबन्धनप्रति यस्तो निर्णय लिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाको ठूला दल नेपाली कांग्रेससँगको गठबन्धन छोडेर नेकपा एमालेसँग जोडिन पुगेपछि एकीकृत समाजवादी अन्योलमा परेकोे छ । प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीलाई पनि गठबन्धनमा सहभागी हुन आग्रह गर्दै समेट्ने प्रयास गरिरहनुभएको छ । तर गठबन्धनको निर्णय दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने एकीकृत समाजवादीलाई सरकारमा ल्याउन चाहनु भएको छैन । यद्यपि अध्यक्ष ओली बाहेकका अरु नेताले भने समाजवालीलाई पनि गठन्धनमा लग्न चाहेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ओलीबाटै आधिकारिक रुपमा प्रस्ताव नआएसम्म प्रधानमन्त्रीले बोलाएकै भरमा नयाँ गठबन्धनमा जान इच्छुक नहुनुभएको उहाँ निकट नेताहरु बताउन्छन् ।
यही कारण एकीकृत समाजवादीलाई नयाँ गठबन्धनबारे ठोस निर्णय गर्न कठिनाई भएको हो । सोमबारको सचिवालय बैठकले एमाले अध्यक्ष ओलीबाटै प्रस्ताव आए सहभागी हुने आशयसहित नयाँ गठबन्धनको गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
सचिवालय बैठकले सरकारको उद्देश्य, प्रक्रिया र संरचना प्रष्ट भएपछि मात्रै पार्टी सरकारमा सहभागी हुने वा नहुने टुंगो लाग्ने पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभएको छ । ‘नयाँ समीकरणको उद्देश्य, प्रक्रिया र संरचना अझै स्पष्ट भइसकेको छैन, प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तिनको गुण–दोषका आधारमा नेकपा ९एकीकृत समाजवादी०ले आफ्ना नीतिहरु स्पष्ट पार्नेछ’ बैठकको निर्णय सुनाउँदै उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले