काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्य र व्यवस्थित रुपमा मनाउन सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ ।
मन्त्रालयले सोमबार सूचना जारी गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका लागि लगानीको सुनिश्चिततामा मद्दत पुग्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले साझा अभियानका रुपमा दिवस मनाउन आग्रह गरेको हो ।
मन्त्रालयले तीनै तहका सरकार, शैक्षिक संस्था, सामाजिक तथा निजी सङ्घसंस्था, नागरिक समाज लगायत सबै सरोकारवाला निकायलाई रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गरी दिवस मनाउन आह्वान गरेको छ । फागुन २५ गते ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
नेपालकैरन



















