
मोरङ । सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) मृत अवस्थामा भेटिएका छन् । सशस्त्र डिएसपी धनपालथान गाउँपालिका–३ मा उपेन्द्र बस्याल सोमबार दिउँसो साढे ३ बजे मृत भेटिएका हुन् ।
बस्याल धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख हुन् । डिएसपी बस्याल क्वार्टरमा झुण्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरी प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिनुभएको छ ।
‘बाहिर झ्यालबाट हेर्दा झुण्डिएको देखिन्छ, तर कोठा भित्र प्रहरी टोली प्रवेश गरेको छैन’ उहाँले भन्नुभयो ‘परिवारका सदस्यलाई बोलाएका छौं, उहाँहरु आएपछि मात्रै भित्र पस्छौं ।’ डिएसपी बस्यालको मृत्युको कारण भने खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले