
काठमाडौँ । बिना विभागीय ३ मन्त्रीको शपथग्रहण भएको छ ।
सत्ता समीकरण फेरिसँगै मन्त्री बन्नुभएका नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद (डीपी)अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि उहाँहरुलाई तत्काल विभागीय मन्त्रीको शपथ गराएको हो । प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपा बाहेक दलको एक एक जना सहभागी गरएर मन्त्रिमण्डल गठन गर्नुभएको हो ।
पर्वतबाट प्रतिनिधिसभामा निर्वाचित एमालेका गिरी यसअघि पनि दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हुनुहुन्थ्यो । प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचनमा गठबधन तोडेपछि एमाले सत्ताबाट बाहिरिँदा उहाँ मन्त्रीबाट हट्नु परेको थियो ।
रास्वपाका उपसभापति अर्याल पनि दाहाल सरकारमा यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुनुहुन्थ्यो । वर्ष नागरिकता प्रकरणमा सभापति रवि लामिछानेको सांसद पद गुमेपछि पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उहाँले मन्त्री पद छोड्नु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते