
बाँके । गनापुरमा मिथ्या र भ्रामक समाचार तथा सूचना नियन्त्रणबारे सञ्चार साक्षरता कार्यशाला भएको छ ।
पाल्पा विकास केन्द्रको आयोजनामा विभिन्न सामाजिक सञ्जाल तथा अनलाइनबाट सम्प्रेषण हुने समाचार र सूचना कति सम्मका मिथ्या र भ्रामक समेत हुने गर्छन ? भन्ने बारे सहभागीलाई सचेत गराउन कार्यशाला गरिएको हो । विकास केन्द्रका किरण कौशलले सञ्चार साक्षरता सम्बन्धी प्रशिक्षण गर्नुभएको थियो ।
मिस ईफरमेसन, डिस ईफरमेसन, माल ईफरमेसनबारे चर्चा गर्दै कौशलले मिथ्या सूचनाले लोकतन्त्र कमजोर पार्ने मात्र नभई समाजलाई नै दूषित बनाउने धारणा व्यक्त गर्नुभयो । उहाँले हरेक सूचना र समाचारमा तथ्य, तथ्यांक, घटना, घटनाक्रम, स्रोत व्यक्ति अभिव्यक्ति , तस्बिर समय र सन्दर्भ समेत प्रष्ट हुनुपर्ने भन्दै हामीले छिट्टै विश्वास गर्दा समेत मिथ्या सूचना सम्प्रेशन गर्न अभिप्ररित हुने भन्दै यस्ता विषयमा कुनै पनि व्यक्तिले र संस्थाले तुरुन्तै रेस्पोन्स गर्न नहुनेमा जोड दिनुभएको छ ।
नेपालगञ्ज ग्यालरीका समिरमान श्रेष्ठ, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगीन शर्मा स्ववियु अध्यक्षहरु देबेन्द्र बुढा, निरा चौधरी, विनय यादव र माधव खत्रिले समेत कार्यशालामा आफनो भनाई राख्दै यस्ता विषयलाई अभियानका रुपमा लैजानुपर्ने उल्लेख गर्नुभएको छ ।
बाँकेको विभिन्न ४ कलेजका स्ववियु पदाधिकारी, पत्रकार, क्लवका प्रतिनिधि एवं महिलाको उल्लेख्य सहभागितामा सम्पन्न कार्यशालाले समाचार सम्प्रेषण र सूचना प्रकाशनका विषयमा दीक्षित गराएको सहभागीले प्रतिक्रिया दिएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते