
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘धोकेबाज’को संज्ञा दिनुभएको छ ।
सभापति देउवाले गठबन्धन परिवर्तनपछि बसेको कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा प्रधानमन्त्री प्रचण्ड ‘‘धोकेबाज’ टिप्पणी गर्नुभएको हो । प्रधानमन्त्रीलाई काम गर्न अनुकूल पार्न आफूले हर प्रयत्न गरे पनि प्रचण्डले धोका दिएर एकतर्फी रुपमा गठबन्धन तोडेको देउवाको भनाई छ ।
सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग प्रचण्डले जुनसुकै बेला धोका दिन्छन् भनेर आफू पहिल्यैदेखि सतर्क रहेको समेत उल्लेख गर्नुभएको छ । ‘मैले गठबन्धनमा आशंका नबढोस् भनेर केपी ओलीको फोन आउँदा समेत टार्ने काम गरे तर तर, उनले धोका दिएर गठबन्धन तोडे । गठबन्धन तोड्नु कांग्रेसलाई मात्र होइन जनतालाई समेत धोका दिएको हो ।’ बैठकमा सभापति देउवाले व्यक्त गर्नुभएको भनाई उदृत गर्दै स्रोतले भन्यो ।
स्रोतका अनुसार बैठकमा देउवाले केहि समयअघि प्रचण्ड अर्थमन्त्री फेर्न प्रस्ताव गरेपछि आफूले ‘अर्थमन्त्रीमार्फत के काम गर्नुपर्यो ? म सहजीकरण गर्छु’ भनेको समेत छलफलमा सुनाउनुभएको थियो । कुनै मन्त्रीलाई आरोप लाग्यो भनेर फेर्न उपयुक्त नभएको भन्दै त्यसको पुष्टि भएपछि हटाउन आफूले सल्लाह दिएको देउवाले बैठकमा जानकारी दिनुभएकाृ थियो । तर, प्रधानमन्त्रीले सरकार सञ्चालनमा सहजता नभएर भन्दा पनि अर्कै कुराबाट प्रभावित भएर गठबन्धन फेरेको देउवाको भनाई छ। देउवाले त्यो अर्कै कुरा के थियो भन्नेचाहीं प्रष्ट पार्नुभएन, ती पदाधिकारीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते