
भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कार्यकक्षमै मोसो दलेर फरार भएका दुईजनालाई प्रहरीले १५ दिनपछि आज पक्राउ गरेको छ ।
प्रहरीले अछामको कमलबजार नगरपालिका–६ घर भई काठमाडौँ कलङ्की बस्ने ३० वर्षीय डिबी भन्ने डम्बरबहादुर शाही र दार्चुलाको मार्मा गाउँपालिका–२ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–२ बस्ने ३० वर्षीय नवराज भट्टलाई आज पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले राससलाई जानकारी दिनुभयो ।
प्रहरीका अनुसार अखिल क्रान्तिकारी आबद्ध उनीहरुले गत फागुन ६ गते भेटघाट गर्ने बहानामा सिटिइभिटीका उपाध्यक्ष अधिकारीको कार्यकक्षमा पसेर मोसो दलेका थिए । फरार रहेका उनीहरुलाई मध्यपुरथिमि‐३ गठ्ठाघरबाट पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको प्रहरी नायब उपरीक्षक पाठकले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा